साना दलले सरकारलाई विश्वासको मत नदिने

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । उनले मुलुकमा मधेशी, जनजाति र  आदिवासीका समस्या रहेको तर तीन वर्षमा  समाधान गर्ने प्रयास नभएको आरोप लगाए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताए । राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले  नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै  विश्वासको मतको विपक्षमा मत गरिने बताइन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार