रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु 

बिहीबार, भदौ ७, २०८०

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ । 

Photo21692850206.jpg
दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ तर वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन । प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो ।
उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।

Photo11692850206.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार