अरुलाई दोष थोपरेर आफू चोखिने प्रयास नगर्न प्रधानमन्त्रीलाई देउवाकाे सुझाव

विशेष अधिवेशनमा देउवाकाे कटाक्ष
सोमबार, वैशाख २७, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरुलाई दोष थोपरेर आफू चोखिने प्रयास नगर्न सुझाएका छन् । प्रतिनिधिसभामा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भने, ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने र अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ।’  प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण मुलुक अहिलेको अवस्था आइपरेको बताए । आफ्नो असफलताको दोष अरुलाई थोपरेको असन्तुष्टि व्यक्ति गर्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताए ।  ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनु भएको छ, आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नु भएको छ, यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । छातीमा हात राखेर आफैंलाई सोध्न अनुरोध गर्दै देउवाले भने, ‘मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन, एकपटक छातीमा हात राखेर भन्नुस्’, आफैंले आफैलाई सोध्नुस्, यो, अवस्था तपाईको व्यक्तिगत दम्भ, राजनीतिक र प्रशासनिक कुशासनका  कारण आएको होइन ।’  प्रधानमन्त्री ओलीको वक्तव्यमा आत्मरति र आत्मप्रशंसामा केन्द्रित भएको भन्दै देउवाले सरकारको असफलताको इतिहासले मूल्यांकन गर्ने बताए । देउवाले कोभिड महामारी समेत कमिसन र भ्रष्टारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपरोधाको जनताको जवाफ दिने बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार