सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेतृत्वको दम्भका कारण विभाजनको संघारमा पुगेको नेकपा एमालेलाई विभाजन हुनबाट रोक्न बहुकोणबाट प्रयासहरु भइरहेका छन् । ओली तथा माधव–झलनाथ खनालबीच सम्वादको सम्भावना क्षिण भएपछि ओली तथा माधव नेपाल समूहका दोस्रो तहका नेताहरु सिंहदरबारमा भेटगरी पार्टीका भावी रणनीतिबारे छलफल गरेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा बसेपछि एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेल माधव नेपाल समूहका प्रभावशाली नेताहरुसँगको छलफलमा बसेका हुन् । अर्थमन्त्री पौडेलले माधवकुमार नेपाल समूहमा रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरेका हुन् । छलफल एमाले संसदीय दलको कार्यालयमा भएको हो ।