एमालेको नेपाल समूह संसद्मा अनुपस्थित हुने

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । नेकपा (एमाले)  माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो । विश्वासको मत लिने एक दिन अगाडि  अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले  उनलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिए । सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार