डेंगी नियन्त्रणका लागि टोखा पालिकाका कर्मचारी जुटे सरसफाईमा

आइतबार, साउन २१, २०८०

काठमाडौं । टोखा नगरपालिकाले डेंगी नियन्त्रणका लागि प्रत्येक शुक्रवार ¥याली सहित सरसफाई अभियान सुरु गरेको छ । गत शुक्रवार नगरपालिकाका कर्मचारीले आधा घण्टा नगरपालिका वरपर सरसफाई गरे ।

sarsafai1691399389.jpg नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले प्रत्येक शुक्रवार सार्वजनिक स्थलमा कर्मचारीले सरसफाई गर्ने बताए । उनले भने,‘मठमन्दिर वरिपरि, चोक, गल्ली र पार्कहरुमा पनि हामी सरसफाई गर्छौ ।’ आम नागरिकमा सरसफाईको सन्देश दिन यो काम थालेको बताए । सरसफाई क्रममा उनीहरुले नागरिकलाई घर, विद्यालय वरपर पानी जम्न नदिन, फोहोरको वर्गिकरण गर्न समेत अनुरोध गर्ने गरेका छन् ।

safai1691399410.jpg

toka1691399371.jpg

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार