तामाङ समुदाय र प्रहरीबीच प्रहरी परिसर टेकुमा झडप, ३५ जना भन्दा बढी पक्राउ 

बुधबार, साउन १७, २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर घेर्न पुगेको तामाङ समुदाय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए । 
परिसरमै प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच झडप भएको हो । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरे पनि आन्दोलनकारीले नमानेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास समेत हानेको छ । 

Photo (5) (2)1690977449.jpg

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ 
तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । 
एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे गर्ने चलन रहेको अभिव्यक्ति दिएपछि त्यसविरुद्ध सो समुदाय आन्दोलित भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

Web Post (4)1690977447.jpg
साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले अधिवक्ता पाण्डेविरुद्ध  पक्राउ अनुमति दिएको थियो ।
तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरूले प्रहरीमा उजुरी गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार