माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं : निर्माण व्यवसायी

बुधबार, साउन १७, २०८०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार बानेश्वरमा प्रर्दशन गरेको छ । विहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको महासंघले अपराह्न बानेश्वरमा प्रर्दशन गरेको हो ।

प्रर्दशनका क्रममा महासंघका अध्यक्ष अध्यक्ष रवि सिंहले ‘भूक्तानी तथा सम्पूर्ण निर्माण कार्यको एक मुष्ट म्याद थप र मूल्य समायोजन, उपभोक्ता समिति खारेजलगायतका माग राखेर हामी आन्दोलित भएका छौँ ।’ उनले भने, ‘यसमा उद्योग वाणिज्य महासंघलगायत सम्पूर्ण साथीहरुले प्रतिवद्धता जनाउनु भएको छ । र हाम्रो आन्दोलन हाम्रा माग पूरा नभएसम्म जारी रहन्छ ।’

Photo (3) (9)1690937979.jpg

काम सक्किसक्दा पनि रकम भुक्तानी बाँकी रहेको भन्दै संघले रकम भुक्तानीको माग राखेको छ । साथै, संघले म्याद थप गर्नुपर्ने, मूल्य समायोजन गर्नुपर्नेलगायतका नौ बुँदे माग राखी आन्दोलन गरिरहेकाे छ ।

प्रदर्शनकारीहरूले ‘खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर’, ‘गुणस्तर र समयमै निर्माण हाम्रो प्रतिबद्धता’, ‘अव्यावहारिक माइलस्टोन खारेज गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार