एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्त पालले जिते ३ कास्य पदक 

मंगलबार, साउन १६, २०८०

काठमाडौं । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा मंगलबार ३ काँस्य पदक जितेका छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौल समूहमा ३ काँस्य पदक जित्न सफल भएका हुन् ।
हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ काँस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिए । भारतको नोयदामा जारी प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गरे ।
हेमन्तको स्र्पधामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते ।

Photo (2) (5)1690896774.jpg
प्रतियोगितामा नेपालबाट २ खेलाडी सहभागी छन् । पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्ने छन् । सञ्जयको पनि यो ‘डुब्यु’ अन्तर्रााष्ट्रिय प्रतियोगिता हो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार