नेपालले उत्पादन गरेर निर्यात बढाउन खोजे पनि दिगो बनाउन सकेन : मुख्य सचिव अर्याल

मंगलबार, साउन १६, २०८०

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले नेपालले उत्पादन गरेर निर्यात अघि बढाउन खोजे पनि दिगो बनाउन नसकिएको बताएका छन् । ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु’ नामक पुस्तक काठमाडौंमा विमोचन गर्दै मुख्य सचिव अर्यालले नेपाललाई बजारीकरणको समस्या पनि उस्तै रहेको बताए ।

उनले भने, ‘हामीले विश्व बजारमा हाम्रो मौलिक वस्तुहरुलाई कसरी स्थापित गर्न सक्छौ भन्ने विषय यसमा रहेको छ । निर्यातको विषयमा सरकारले नीति ल्याउनु पर्ने कुरा आउँछ त्योभन्दा पहिला हामीले निर्यात गर्ने वस्तु उत्पादनमा ध्यान दिनुपर्छ । हामीले उत्पादन गरेर निर्यात गर्न अगाडि बढ्छौ तर यसलाई दिगो बनाउँन चाहि नसकिने रहेछ । माग अनुसार काम पनि गर्न सकिरहेका हुदैँनौ, त्यसमा केही हाम्रो स्रोतको समस्या छ, केही बजारीकरणको समस्याहरु भएको जस्तो देखिन्छ । त्यो हुदाँ एकपटक पठाइयो, दोस्रो पटक पठाउन नसक्दाँ तेस्रो पटक त्यसको माग हुदैँन् । यसलाई ध्यान दिनु आवश्यक छ । ’

मुख्य सचिव अर्यालले विश्व बजारमा नेपाली सामानको माग कति छ भन्ने कुराको अध्यन गर्न सक्यो भने सामान सहि स्थानमा लान सकिने बताए । यसमा निजी र सरकारी दुवै मिलेर जानु पर्ने आवश्यकता पनि उनले औल्याए । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार