मौद्रीक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ : गर्भनर अधिकारी 

सोमबार, साउन १५, २०८०

काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् ।  नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनमा उनले मौद्रीक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरे । 
विशेषत विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी क्रस बोर्डर भुक्तानीलाई  व्यवस्थित गर्न लागिएको बताउँदै उनले बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठूलो लगानी गरेको बताए । 
उनले भने ‘मौद्रीक नीतिले पनि वैदेशिक मुद्रा भित्र्याउन सहजिकरण गर्ने गरि सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।’
अनलाईन व्यापार  र अनलाईन पेमेन्टलाई प्रोत्साहन गरिदाँ नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्ने उनको विश्वास छ । 
सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्व र योगदान कति भन्ने थाहा हुने भन्दै गर्भनर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औल्याँए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार