रास्वपा सरकारमा जानदिन गनेर बसेको छ :  रवि लामिछाने

सोमबार, साउन १५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–सुदूरपश्चिम प्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिनगन्ती पनि सुरु भएको बताए । 
उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौं । रास्वपा  सरकारमा आउने छ । रास्वपाले आफ्नो नीति लागू गर्ने छ । र हामी परदेश छाडेर घरदेशमा आउने छौं । आफ्नै प्यारो माटोमा जीवन किताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्ने छौं ।’ 
सभापति लामिछानेले आफुहरुले जनताको लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको लागि आजैबाट दिनको गन्ती सुरु भएको बताएका छन् ।  उनले भने, ‘काम गरिरहेका छौं कथमकदाचित छल गरेर बल गरेर मताधिकार कसैले खोसिदियो भने पनि आफ्नो काम गर्ने ठाउँमा भन्नुहोला यस पटकको चुनावमा त म आफ्नै देश जान्छु । भनेर छुट्टी माग्नुहोला ।’ 
रास्वपाले अब जिल्ला दौडाहा पनि बढाउने भन्दै सबैसँग सम्बन्धित जिल्लाहरूमा भेट्ने बाचा पनि लामिछानेले व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार