दुई सदस्यको अनुपस्थिति बिनै बसेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी सिफारिश 

लोकसेवा आयोगमा पूर्वसचिव माधव रेग्मी सिफारिश
आइतबार, वैशाख २६, २०७८

काठमाडौं । दुई सदस्यको उपस्थिति बिनै बसेको संवैधानिक परिषद्को आइतबारको बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्तसंवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद् बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘परिषद् बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ । नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।’  बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन् । संवैधानिक परिषद्ले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरेको बताइएको छ । झापा गौरादह–३ का रेग्मीलाई लोक सेवाको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरका हुन् ।  नियुक्तिका लागि सिफारिश पदाधिकारीको नाम नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । कांग्रेस निकट मानिने रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए । रेग्मी सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु हुन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार