गोलभेँडाको मूल्य २० रुपैयाँ बढ्यो

सोमबार, साउन १५, २०८०

काठमाडौं । ठूलो गोलभेँडाको मूल्य बृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार गोलभेँडाको मूल्य हिजोको तुलनामा २० रुपैयाँ बढेर आएको हो । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १२० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने १० रुपैयाँले घटेर ४० रुपैयाँ कायम छ । 
समितिका अनुसार रातो आलु ४८ रुपैयाँ र सेतोे आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य पनि स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा विक्रि भएको छ । 
यस्तै, घिउ सिमी लोकल २५, गान्टे मुला७०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८०, तितो करेला ४५, लौका ४०, परवल ३५,घिरौला ३०,फर्सी पाकेको ४०। हरियो फर्सी (डल्लो) ७०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३६०, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ५०० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार