सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन लेखासमितिले संसदको ध्यानाकर्षण गराउने  

सोमबार, साउन १५, २०८०

काठमाडौं । सार्वजनिक लेखा समितिले, त्रिभुवन विमानस्थल एक क्वीन्टल सुन प्रकरणबारे उच्चस्तरीय समिति गठन गर्न ध्यानाकर्षण गराउने भएको छ ।  लेखा समितिको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको समितिको सभापतित्व गरेका अर्जुननरसिंह केसीले जानकारी दिए ।
ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले बैठकको निर्णय सुनाउँदै भने ‘यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ ।’
बैठकमा सहभागि सदस्यहरुले  अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि माग ध्यानाकर्षण गराउनु पर्ने बताएका थिए । 
बैठकले सिँचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार