एकीकृत समाजवादी केन्द्रीय कमिटी भदौमा  

सोमबार, साउन १५, २०८०

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय कमिटी बैठक भदौमा बस्ने भएको छ । साउन २१ गतेका लागि बोलाइएको बैठक स्थगित गर्दै नेकपा एसले केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गते बस्ने गरी डाकेको छ । बैठक ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्ने छ । नेकपा एसले साउन १९ गते पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सचिवालय, साउन २० र २१ गते स्थायी कमिटी र भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बोलाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार