माथिल्लो तहमा बस्नेहरुकै कारण देशमा बेथिति बढ्यो : स्वास्थ्य मन्त्री

शनिबार, साउन १३, २०८०

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले, शीर्ष तहमै खराबी भएकाले देशमा बेथिति बढेको टिप्पणी गरेका छन् । काठमाडौंमा ‘पुर्नजन्म’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले मुहान सङ्लो नभएसम्म बेथिति सुधार्न कठिन हुने टिप्पणी गरे । 

उनले भने, ‘देशमा बेतिथि छ, त्यो गर्ने माथिल्लो तहमा बस्नेहरू नै हुन् । मुहान संङ्लो भयो भने पानी राम्रो आउँछ । म राम्रो काम गर्छु स्वच्छ हुन्छु, संङलो हुन्छु भन्ने प्रतिवद्धता गर्न चहान्छु । आर्थिक क्षेत्रमा राम्रो हुने हो भने सबै राम्रो हुन्छ भन्ने मेरो मान्यता छ । ’

राज्यले उच्च पदस्थहरूको उपचारमा करोडौं खर्च गरेको भन्दै उनले त्यो रोक्ने प्रयास सुरु गरेको जिकिर गरे । ‘भिआईपीहरू उपचारको लागि कराडौं खर्च गर्ने गरेको छ, त्यसकारण वीर अस्पतालमा भिआईपी कोठा बढाउने राम्रो डक्टरहरूको टोली बनाउँने र त्यहाँबाट भएन भने मात्रै बाहिर जाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि १५ जना डक्टरको समूह बनाई सकेका छौं’, उनले भने ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नै नदिएको उनको टिप्पणी छ । भने, ‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य जनताको मौलिक अधिकार भनेको छ । तर व्यवहारमा हुन सकेको छैन् ।' डब्लूएचओले देशको कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्छ भनेको छ । नेपालको बजेटमा अझ ४० प्रतिशतले घटाएर पठाएको रहेछ ।’ उनले भने, ‘म आएपछि ९५ करोड बल्ल बल्ल अर्थ मन्त्रालयबाट स्विकृति गराएर थप्न लगाएको छ । तलब खान पठाइयो यस्तो खालको परिस्थितिमा मन्त्री भएर आएको छु ।’

आफू गरीब र असहायहरुको नि:शुल्क स्वास्थ्यका लागि लागिरहेको उनको भनाई छ । ‘सिमित स्रोत र साधन भएपनि जनताको स्वास्थ्य सेवा गरीब निमुखाहरुको लागि नि:शुल्क हुनुपर्छ भनेर लागेको छु । म आएपछि १० प्रतिशत निशुल्क गर्ने काम सुरु गरेका छाैँ ।’

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार