मलेसियामा विमान डिले भएपछि छानबिन समिति गठन

मंगलबार, साउन २, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।
निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको  भन्दै उडान डिले गरिएको थियो। सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार