बालकोट र टिकाथली जोड्ने पुल उद्घाटन

अब कौशलटारदेखि लुभुको दुरी १० मिनेट मात्रै
शनिबार, असार ३०, २०८०

ललितपुर । महालक्ष्मी नगरपालिकाले १ करोड ४८ लाख रुपैयाँ लागतमा भक्तपुर जिल्लाको बालकोट र ललितपुर जिल्लाको टिकाथली जोड्ने ढुंग्रे खोलामा पक्की पुल बनाएको छ । 
महालक्ष्मी नगरपालिका वडा नं ७ को पहलमा गत वर्षको पुसदेखि बनाउन शुरु गरिएको सो पुल सात महिनाको अवधिमा निर्माण सम्पन्न भएको हो । 
विगतमा साँघुरो र एउटामात्र सवारी साधन चल्ने कच्ची खालको पुरानो पुल भत्काएर ९ मिटर चौडाईको पक्की पुल बनाएपछि भक्तपुरको कौशलटारदेखि ललितपुरको पुरानो सांस्कृतिक शहर लुभुसम्म जाने बाटो छोट्टिएको छ । 
अब कौशलटारदेखि लुभुसम्म मोटरसाइकल या हलुका सवारी साधनमा १० मिनेटमै पुग्न सकिन्छ । यो सडक कौशलटारदेखि लुभु जोड्ने वैकल्पिक मुल सडक हो । 

changa pitch1689412077.jpg
नवनिर्मित पक्की पुलको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले शनिबार बिहान रिबन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन, सूर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष प्रदिप कार्कीले बोलेका थिए । 
१० मिटर लम्बाई तथा ९ मिटर चौडाई र ६० टन तौल क्षमताको उक्त पक्की पुलमा शनिबार उद्घाटन गरिएपछि हलुका सवारी साधन आवागमन खुल्ला गरिएको छ भने बढी तौलका ट्रिपर र ट्रकलगायतका सवारी साधन भने भदौ १ देखिमात्र चलाउन पाइने वडा कार्यालयले जनाएको छ । 

changathali1689412061.jpg
उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष छिरिङ्ग लामा, २ का अध्यक्ष ध्रुव खत्री, ५ का अध्यक्ष कपिल केसी, ८ का अध्यक्ष धर्म श्रेष्ठ, ९ का अध्यक्ष जयकृष्ण बोगटी तथा १० का अध्यक्ष विजय लामा पनि उपस्थित थिए । 
सोही अवसरमा नगरप्रमुख श्रेष्ठले महालक्ष्मी नगरापलिका वडा नं ७ को चांगाथली क्लबदेखि वडा नं ५ को टिकाथली सिमानामा पर्ने गोदावरी खोलासम्मको ७ सय ७० मिटर लम्बाई तथा २२ फिट चौडाईको कालोपत्रे सडकको पनि उद्घाटन गरे । यो सडक महालक्ष्मी नगरपालिकाले हालै कालोपत्रे गरेको थियो 

changath1689412061.jpg


 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार