रुखमा ठोकिएर दुर्घटनामा पर्‍यो मनाङ एयरको हेलिकोप्टर

मंगलबार, असार २६, २०८०

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लाम्जुरापास डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए । 

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो ।  दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।
सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन (एनए–एमभी) भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए ।
हेलिकोप्टर रुखमा ठोकिएर लिखु पिके गाउँपालिका–५ तर्फ झरेको स्थानीयले बताएका छन् । 
प्रहरी टोलीले घटनास्थललबाट पाँचवटा शव निकालेको छ । तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन । एकजनाको शव अझै भेटिएको छैन । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको छ । हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।
उक्त हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा काठमाडौंको लागि उडेको थियो। त्यसपछि यो हेलिकोप्टर उडेको ८ मिनेटमै बेपत्ता भएको हो । तर लिखुपिके र दूधकुण्डको सिमाना लामाजुरामा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार