सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन् । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित नहुने तथा अन्य सदस्यलाई पनि सहभागी नहुन आह्वान गरेका छन् । संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका हुन् । संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्बाट पारित नभएपछि सरकारले भखरै अध्यादेश जारी गरेको छ । जारी अध्यादेशमा प्रधानमन्त्रीसहित परिषद्का दुई सदस्यको उपस्थितिमा नियुक्ति लगायतका निर्णय गर्न सकिने उल्लेख छ । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश तथा सभामुख सदस्य रहने व्यवस्था छ ।