ललितपुर महानगरले ज्येष्ठ नागरिक र अपाङगता भएकाको घरमै पुगेर उपचार गर्ने 

मंगलबार, असार १९, २०८०

ललितपुर । ललितपुर महानगरले घर घरमा पुगेर ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।  महानगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक र अपाङगता भएकाहरुले मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा पाउनेछन् ।

‘महानगरसँग ज्येष्ठ नागरिक’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत घर-घरमा गएर ज्येष्ठ नागरिक र अपाङगता भएको स्वास्थ्य परीक्षण गरिन्छ । आधारभूत औषधि निः शुल्क दिइन्छ । सत्तरी बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराउने छ । 
स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल हृदय रोग निवारण, र नेपाल नेत्र ज्योति संघ ९कीर्तिपुर आँखा अस्पताल०र ललितपुर महानगरबीच समझदारी पत्रमा हस्ताक्षरण भयो । 
समझदारीपत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, नेपाल नेत्र ज्याति संघका अध्यक्ष भरत बहादुर चन्दले हस्ताक्षर गरे । यसैगरी मिर्गौला जोगाउने र उपचार गर्ने सम्बन्धमा मेडिसिटी अस्पताल, मिर्गौला बचाउ अभियान र ललितपुर महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा मेडिसिटीका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, मिर्गौला बचाउँ अभियानका ऋषिराम काफ्ले र महानगर प्रमुख चिरीबाबु महर्जनले त्रिपक्षीय सम्झौता हस्ताक्षर गरे । मिर्गौला परीक्षण र मिर्गौलासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने काम मिर्गौला बचाउ अभियान रमेडिसिटी अस्पतालबीचको सहकार्यमा हुनेछ ।

358065319_647855457243022_8482289145645971837_n1688424710.jpg
महानगर प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकसँग ललितपुर महानगर नयाँ र प्रभावकारी कार्यक्रम भएको बताए । महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महानगरको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘यो नयाँ कार्यक्रम हो , यो टिमवर्क हो, सहकार्य गरेर अघि बढौं, महानगरबाट कुनै कमी हुन दिदैंनौ।’ विज्ञबाट सुझावको समेत अपेक्षा गरेको बताए ।नेपाल हृदयरोग प्रतिष्ठानका बलराम न्यौपाने खानपिनलाई ख्याल नगरेको र क्रियाशील जीवनशैली नभएकाले मुटुरोगका रोगीको संख्या बढ्दै गएको बताए । 
उनले भने, ‘घर घरमा पुगेर मुटुरोग र उच्च रक्तचापको बारेमा बुझाउने र अवस्था थाहा पाउने काम गर्छौ,  महानगरसँग निरन्तर यो कार्यक्रममा सहभागी हुन प्रतिबद्ध छौं ।’ नेपाल नेत्रज्याति संघका अध्यक्ष भरतबहादुर चन्दले स्थानीय तहसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हामीले अहिले पनि ५० वर्षभन्दा माथिकालाई उपचार गरिरहेका छौं, बालबालिका र आर्थिक अवस्था कमजोर भएकालाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएका छौं ।’
मिर्गौला बचाउ अभियानका प्रमुख ऋषिकुमार काफ्लेले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको धन्यवाद दिए । घर घरमा गएर पिसाब परीक्षण गर्ने र पिसाबमा खराबी भएकालाई उपचारका अस्पतालमा पठाउने बताए । हरेक व्यक्तिले मिर्गौला स्वस्थ राख्न सुझाव दिने प्रतिबद्धता व्यक्त गरे। 
नेपाल मेडिसिटी अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट राज राणाले महानगरले यो कार्यक्रम सुरु गरेकोमा खुशी व्यक्त गरे । उनले बिरामीको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन तर्फ पनि ध्यान दिनु त्यति नै उपयुक्त भएको बताए ।  
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल स्थानीय सरकार नागरिकको नजिकको सरकारको अनुभूति गराउन यो कार्यक्रम लागू गरेको छ । ललितपुर महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर यो कार्यक्रम आयोजना गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार