तीन सय सात पालिकाको बजेट आउन बाँकी, चार सय ४६ पालिकाले ल्याए बजेट 

सोमबार, असार १८, २०८०

काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट सार्वजनिक गरेका छन् ।  तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तीन सय सात वटा पालिकाले ल्याउन सकेका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६२ पालिकाले बजेट ल्याएका छन् । १७ स्थानीय तहले बजेट ल्याउन बाँकी छ । 
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६४ पालिकाले बजेट ल्याएका छन् । यो प्रदेशमा २१ पालिकाले बजेट ल्याउन बाँकी छ । लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये ८० पालिकाले बजेट ल्याएका छन् । २९ पालिकाले ल्याउन बाँकी छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ५० वटा ले बजेट ल्याएका छन् । 
बागमती प्रदेशका एक सय १९ पालिकामध्ये ६३ वटा, कोशी प्रदेशबाट एक सय ३७ मध्ये ६९ वटा र मधेस प्रदेशबाट एक सय ३६ पालिकामध्ये ५८ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार