चट्याङका कारण वर्षेनी सयौंको ज्यान जोमिखमा 

छानामा तामा वा आल्मुनियमको रड राख्नुस्, 'जोखिम कम गर्नुस' 
शनिबार, असार १६, २०८०

ललितपुर । ललितपुर महानगरले अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष जुन २८ तारिखका दिन अन्तर्राष्ट्रिय चट्याङ दिवस मनाउन सुरु गरिएको हो ।  अन्तर्राष्ट्रिय चट्याङ दिवसको अवसर पारेर महानगरले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । 
महानगरले विपद् व्यवस्थापन शाखाले गत बुधबार आयोजना गरेको कार्यक्रममा महानगरभित्रका महिला समूहका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रम चट्याङबाट घर र घरभित्रका विद्युतीय उपकरणलाई कसरी जोगाउने भन्ने सन्दर्भमा केन्द्रित थियो । 
चट्याङविज्ञ तथा अमृत साइन्स क्याम्पसका प्रा.डा श्रीराम शर्माले भवन र विद्युतीय उपकरणलाई चट्याङबाट जोगाउने उपायका बारेमा जानकारी दिए । उनका अनुसार भवनलाई चट्याङबाट जोगाउन घरको छतमा तामा, आल्मुनियम, जिआइ रडलाई ठड्याएर त्यसलाई जमिनमा झारी  छ फिट गहिरो खाल्डो खनेर गाड्नुपर्छ । खाल्डोमा अर्थिङ केमिकल राख्नुपर्छ । केमिकलले रडलाई कमजोर बनाउन दिँँदैन । घरभित्रका विद्युतीय उपकरण जोगाउन सर्ज प्रतिरक्षी उपकरण (एसपिडी) जडान गर्नुपर्छ । यो उपकरण डिबी बक्ससँगै राख्नुपर्छ । 

355859301_651103069885932_8000355642426316529_n1688185285.jpg
वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नारायण लाल अवालेले ललितपुर महानगरले विपदबाट जोगिने उपाय सिकाउन वडापिच्छे जनचेतना कार्यक्रम आयोजना गरेको बताए । 
विपद व्यवस्थापन शाखाका प्रमुख वरिष्ठ इन्जिनियर हरिशचन्द्र लामिछानेले समुदायमा आधारित विपद व्यवस्थापनमा केन्द्रित भएर महानगरले काम गरिरहेको बताए । समुदायबीचको एकता जुनसुकै बेला पनि आवश्यक भएको बताउँदै विपद पर्दा सबैभन्दा ठूलो साथ समुदायबाट प्राप्त हुने बताए । 
अन्य प्राकृतिक प्रकोपको तुलनामा चट्याङका कारण मानवीय क्षति बढी भएको तथ्यांकले  देखाउँछ । एक तथ्यांकका अनुसार नेपालमा चट्याङका कारण प्रत्येक वर्ष कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ । चट्याङविज्ञ प्रा.डा. श्रीराम शर्माका अनुसार जोखिम धेरै पनि सावधानी अपनाउँदा क्षति कम गर्न सकिँन्छ ।  उनले भने, ‘अमेरिका नेपालभन्दा ६५ गुणा ठूलो छ तर , जोखिम नेपालको तुलनामा थोरै कम छ, सावधानी अपनाएका कारण यस्तो भएको हो । मकवानपुर चट्याङका कारण बढी जोखिमयुक्त छ ।’ पश्चिम नेपालको तुलनामा पूर्वी नेपाल चट्याङका कारण बढी जोखिम युक्त छ ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार