ललितपुरका स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्दै 

शनिबार, असार ९, २०८०

काठमाडौँ । मुलुक भरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट सार्वजनिक गर्ने चटारोमा छन् । मुलुक भर सात सय ५३ स्थानीय तह छन् । बजेट सार्वजनिक गर्ने चटारोले ललितपुरका स्थानीय तहलाई पनि छपक्यै छोएको छ । ललितपुरमा एक महानगरपालिका, दुई नगरपालिका र तीनवटा गाउँपालिका छन् । ललितपुर महानगरपालिकाले आइतबार २ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । गोदावरी नगरपालिकाले ११ः३० मा बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले पनि आफू अनुकुलको समयमा बजेट सार्वजनिक गर्ने तायरी गरेका छन् । ललितपुरले ६ अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ भने गोदावरी नगरपालिकाले २ अर्ब ५० करोडको अनुमानित बजेट सार्वजनिक गर्दैछन् । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०–८१ का लागि शनिबारसम्म १०  स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका हुन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९–८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । 
उक्त बजेटको वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिम सम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण खुलाउनुपर्नेछ ।
पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ । छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ । सुझावसहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस गर्नुपर्नेछ । सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ ।
   

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार