पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

बुधबार, असार ६, २०८०

काठमाडौँ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज अन्तर्राष्ट्रिय विमान अतवरण गरेको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स पोखरा विमानस्थलमा अवतरण गरेको हो । विमान पोखरा विमानस्थलमा एयरबस घज्ञढ को जहाज ९ बजेर ६ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।
जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ ।

RK_Pokhara-_0O7A28741687340388.jpg
अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो जेठ २७ गते चीन भ्रमणमा गएका थिए।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ । आजबाट पोखरामा सुरु भएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँहरू पोखरा आएका हुन् ।

RK_Pokhara-0O7A2911_21687340389.jpg
पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।
उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार