नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउनु हुँदैन, निर्दाेशलाई पक्रनु हुँदैन : ओली

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना सचिव मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् । दुई नेताको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका उपल्लो तहको नेताको संलग्नतासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
भेटपछि सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको जानकारी दिए । छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने प्रतिक्रिया दिएका छन् ।
एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत सो प्रकरणमा जोडिएपछि अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।
"रायमाझि बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइनन्"
एमाले अध्यक्ष ओलीले  रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिए ।
‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको ‘ रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’
ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार