काँग्रेसबाट मन्त्रिमण्डलमा थपिए तीन जना

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने छन् ।
३ जना मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ । तर अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।
२२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ८ जना सहभागी भएका छन् । माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ मन्त्री र २ राज्यमन्त्री गरी ७ जना, जनता समाजवादी पार्टीबाट १ जना, नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री र १ राज्यमन्त्री गरी ३ जना, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका १र१ जना रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार