जग्गा कित्ताकाट खुल्यो

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ ।  मन्त्रिपरिषद्ले घरजग्गा कित्ताकाट औपचारिक रुपमा खुला गरेको छ।
वैशाख ५ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले वैधानिकता नपाएसँगै नयाँ निर्णय भएको हो ।
गत वैशाख ५ गते मन्त्रिपरिषद्ले कित्ताकाट खुल्ला गर्ने निर्णय सार्वजनिक रुपमा जानकारी गराएको थियो। कित्ताकाटको मोडालिटी स्पष्ट नहुँदा मुख्यसचिवबाट निर्णय भई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फाइल नै पुगेन ।  उक्त फाइल मन्त्रिपरिषदकै आर्थिक समितिमा पठाइएको थियो।
समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक औपचारिक रुपमा घरजग्गा कित्ताकाट खुला गरेको छ । .राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ।
वैशाख ५ गते नै सर्वसाधारण जग्गाको कित्ताकाट खुलेको भ्रममा मालपोत कार्यालय धाउन थालेका थिए ।
वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई स्वीकृत गर्दै घरजग्गा कित्ताकाट खुला गरेको जानकारी दिएकी थिइन् ।
तर वैशाख १९ गतेसम्म निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आएन। मन्त्रिपरिषद्कै आर्थिक समितिमा अड्किएर बसेको थियो ।  
मन्त्रिपरिषद्ले वर्गीकरण सहज गर्दै कित्ताकाट खुलाउने निर्णय गरेसँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवले राजपत्रमा प्रकाशनका लागि पठाउनेछन् ।  

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार