सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रियसभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन् । उनको साथमा प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल, एमाले नेता अग्नि खरेललगायत पनि गएका छन् । थापासहितको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो । कांग्रेस, माओवादी, एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले भने संघीयताविज्ञ खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रियसभाको सिट रिक्त भएको थियो । उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ ।