टेबलटेनिस खेलाडी कोरिया जाने, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनद्धारा खेलाडीको बिदाइ

सोमबार, चैत २७, २०७९

ललितपुर । दोश्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छ । दक्षिण कोरिया जाने खेलाडीको टोलीमा जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आईटीटीएफ लेभल २ सर्टिफाइड टेबलटेनिस प्रशिक्षक ज्याकी महर्जन छन् ।
प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए । प्रतियोगितापछि जुनियर खेलाडीले दक्षिण कोरियामै ३ महिने प्रशिक्षणमा सहभागी हुने छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार