राष्ट्रियसभा निर्वाचनमा एमालेमाथि दबाब 

जीत सुनिश्चितता लागि रणनीति बनाउन बालुवाटारमा छलफल 
बिहीबार, वैशाख २३, २०७८

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले भित्रैको अल्पमत समूहले माधव नेपाल निटक संघीयता विद् खिमलाल देवकोटालाई राष्ट्रिय सभा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णयगरेपछि  एमालेको संस्थापन पक्ष दबाबमा परेकाको छ । उसले गृहमन्त्री रामबहादुर थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएपछि एमालेको संस्थापन पक्षले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित  हुने गरी  छलफल गरेको हो ।  एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र  उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिनुभयो ।  आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन (वाग्मती प्रदेश) हुँदै छ । राष्ट्रिय सभा निर्वाचनका लागि महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार