नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले लिए शपथ

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ ।  नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपल लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रीहरुले आज नै शपथ लिएका हुन् ।
कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका मन्त्री बनेका छन् ।
यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङ सहरी विकास मन्त्री भएकी छन् ।
यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ।

up sa1680260044.jpg

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
मन्त्रीहरुको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख,  सञ्चारकर्मीलगायत उपस्थित थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार