खानेपानी-सरसफाई समस्या समाधानमा जुटे नेपाल, भारत र बंगलादेशका जनप्रतिनिधि

बंगलदेशको स्थानीय तहका जनप्रनिधिलाई गोदावरी मुखपत्र
शुक्रबार, चैत १७, २०७९

ललितपुर । खानेपानी, सरसफाई र शौचालयको बारेमा छलफल गर्न तीन देशका स्थानीय तहका जनप्रतिनिधिहरु मित्रराष्ट्र भारतमा जम्मा भएका छन् । छलफलमा सहभागाी नेपाल, भारत र बंगलादेशका जनप्रतिनिधिहरुले खानेपानी, सरसफाई र शौचालय दक्षिण एसियाको साझा समस्या भएको बताए ।
नेपालको तर्फबाट ललितपुरको गोदावरी नगरपालिका, लाहन नगरपालिकाका जनप्रतिनिधि उक्त छलफलमा सहभागी छन् ।
वाटर एडको संयोजनमा भारत पुगेका जनप्रतिनिधिहरुले आ आफ्नो पालिकामा खानेपानीमा सहज आपूर्ति, फोहोर व्यवस्थापन, सार्वजनिक र मोवाइल शौचालय निर्माणमा गरेका कामको बारेमा प्रस्तुति दिएका थिए । उनीहरुले भारतको विभिन्न प्रान्तमा भएका असल अभ्यासका बारेमा जानकारी लिएका छन् ।
खानेपानी, सरसफाई शौचालयको बारेमा भारतमा आयोजना गरिेएकोे छलफलमा भाग लिन गएका ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ब‌गलादेशको नीलफामारी नगरपालिकाका मेयर देवान कमाललाई नगरपालिकाको मुखपत्र गोदावरी प्रदान गरेका छन् ।
छलफलमा भाग लिन गोदावरी नगरपालिकाका प्रमुख महर्जन र वडा नंं‍ ११ का वडाअध्यक्ष निलबहादुर देशार भारत गएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार