सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद्को विशेष अधिवेशन बोलाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सांसदलाई वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनाका लागि संसद् अधिवेशनका बेला मतदानमा सहभागी गराउने–नगराउने विषयमा निर्णय भइसकेको छैन । यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावका बेला कोरोना संक्रमित सांसदलाई बोल्न नदिने तर मतदानमा सहभागी हुन पाउने निर्णय गरेको थियो । संघीय संस्दको कार्यव्यवस्था परामर्श समितिले पनि मतदान दिने गरी निर्णय गर्ने अपेक्षा गरिएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो । बुधबार सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।