सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरेको छ । प्रदेशको प्रथम बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रमा नगर प्रमुख महर्जनलाई नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले सम्मान गरेको हो । नगर प्रमुख महर्जनलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशका सदस्य ईन्द्रबहादुर बाँनियाले सम्मान पत्र प्रदान गरे । कार्यक्रममा मन्तव्य राख्दै ईन्द्रबहादुर बाँनियाले खेलाडी समाजको मान र शान दुबै भएको बताउँदै खेल क्षेत्रलाई राजनीतिक जालझेलबाट मुक्त राख्नुपर्ने बताए ।
स्थानीय तह नागरिकको नजिकको सरकार भएको बताउँदै राष्ट्रिय स्तरका खेलाडीलाई सम्मान स्वरुप स्थानीय तहले मासिक भत्ताको व्यवस्था गर्नुपर्ने बताए । स्थानीय तहहरुलाई खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सुझाव दिदैं उनले भने, ‘स्थानीय तहबाट प्रतियोगिता आयोजना गर्दा खेलाडीको मनोबल उच्च हुन्छ , संरक्षण भएको महसुस हुन्छ ।’ बागमती प्रदेश सदस्य मीनकृष्ण महर्जनले राजनीतिबाट खेल क्षेत्रलाई मुक्त राख्नुपर्ने बताए । खेलाडीलाई प्रोत्साहित गर्नका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने दाबी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थानीय तहले आयोजना गर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘खेलकुद परिषद्ले प्रतियोगिता आयोजना गर्ने होइन,सम्पूर्ण जिम्मेवारी स्थानीयले लिनुपर्छ, स्थानीय तहले नै सम्बन्धित क्षेत्रसँग समन्वय गरेर गर्नुपर्छ, त्यो हुन सकेको खण्डमा मात्रै खेलकुद क्षेत्रको विकास हुन्छ ।’
बागमती प्रदेश सदस्य किरण थापाले खेल क्षेत्रको विकास लागि राज्यले बजेट विनियोजन गर्नुपर्ने जिकिर गरे । उनले भने, ‘केही कार्यक्रम गर्नुप¥यो भने अर्काको मुख ताकेर बस्नुपर्छ, यो अवस्थाको अन्त्य हुनुपर्छ ।’ ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुरले खेलाडीलाई प्रोत्साहित गर्न मनग्य काम गरेको दाबी गरे । उनले भने ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा शिल्ड वा मेडल ल्याउनेलाई नगद पुरस्कार दिएका छौं,’ डिभिजन लिगमा फड्को मार्नेलाई पनि पुरस्कृत गरेको नगर प्रमुख महर्जनले जानकारी गराए । नेपाल कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले खेलाडी नेपालको शान र सम्पत्ति भएको बताए । खेलाडीको सम्मानका लागि तीनै तहको सरकार उत्तिकै जिम्मेवार भएको प्रष्ट पारे । नेपाल तेक्वान्दो संघका दीपराज गुरुङले खेलकुद क्षेत्रमा पुनर्संरचना जरुरी भएको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुद परिषद्ले आयोजना गर्न नहुने बताए । उनले अगाडि थपे,‘ ती प्रतियोगिताहरु परिषद्ले गर्ने होइन, स्थानीय तहले गर्नुपर्छ ।’ स्थानीय तहले प्रतियोगिता आयोजना नगरेसम्म खेल क्षेत्रको विकास नहुने जिकिर उनले गरे । नेपल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलाडीको आत्मबल बढाउन र खेल क्षेत्रलाई सम्मानित क्षेत्रको रुपमा विकास गर्न राज्यले लगानी गर्नुपर्ने स्पष्ट पारे । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका उपाध्यक्षले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै खेलाडी देशको शान र मान दुबै भएको बताए । खेलाडीको सम्मान र संरक्षणका लागि तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने प्रष्ट पारे ।
काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीले पूर्वाधार निर्माण मात्रै विकास नभएको दाबी गर्दै पालिकाहरले उच्च प्राथमिकतामा यो क्षेत्रलाई राख्पर्ने बताए । कार्यक्रममा तेक्वान्दो क्षेत्रको अन्तर्राष्ट्रिय रेफ्रीको पद पाएका चार जनालाई सम्समान गरिएको थियो ।