टोखा नगरपालिकाको दीगो विकासमा संघीय सांसद शिशिर खनालको चासो 

नगरप्रमुख र विद्युत् प्राधिकरणका प्रमुखसँग गरे योजनाबारे छलफल 
मंगलबार, चैत १४, २०७९

काठमाडौं । संघीय सांसद शिशिर खनालले टोखा नगरपालिकाको समग्र विकासका विभिन्न आयोजना तथा आगामी आर्थिक वर्षका लागि के कस्ता आयोजना प्रस्तावसम्बन्धमा सरोकारवालासँग छलफल थालेका छन् । संघीय सांसद खनालले सोमबार नगरप्रमुख प्रकाश अधिकारीसहितको नगरपालिकाको टिमसँग उनकै कार्यकक्षमा छलफल गरेका हुन् । छलफल मुख्यगरी  कोरिडर सडक, ग्रीनल्याण्डदेखि जालपा चोकसम्मको सडक, सामाखुसी चोकदेखि झोरसम्मको सडक स्तरोन्नती  तथा विद्यालय शिक्षा सुधार सम्बन्धी  विषयमा केन्द्रित रहेको सांसद खनाले जानकारी दिएका छन् । 
यस्तै सांसद खनालसहितको टोलीले टोखा तथा तारकेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा  जीर्ण भएका विद्युतका पोल स्थानान्तरण तथा रमाइलो डाँडाबासीले भोग्दै आएको लोडसेडिङको समस्या समाधानका लागि  नेपाल विद्युत प्राधिकरणकाका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उनकै कार्यकक्ष गइ समस्या अवगत गराएको छ । घिसिङसँगको छलफलमा वडानम्बर ९ का वडाध्यक्ष श्री रामभक्त घिमिरे पनि संलग्न थिए । 
छलफलमा रमाइलो डाँडा विद्युतको समस्या समाधानका लागि रमाइलो डाडॅामा एउटा ट्रान्सफर्मर थप गर्ने सहमति भएको सांसद खनालको सचिवालयले जानकारी दिएको छ । 
दुवै छलफलमा सहभागी कुलमान घिसिङ, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी लगायत नगरपालिकाका कर्मचारी तथा रामभक्त घिमिरे सबैलाई धन्यवाद दिएका छन् । 

Tokha 11679977748.jpg

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार