बिहीबारदेखि आइतबारसम्म बुस्टर डोज खोप अभियान

ललितपुरका ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पर्सिदेखि कोभिडविरुद्ध बुस्टर डोज खोप 

बिहीबारदेखि बुस्टर डोज खोप अभियान
मंगलबार, चैत ७, २०७९

ललितपुर । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका सबै पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन गर्दैछ । जिल्लाका पाँच पालिकामा आगामी बिहीबारदेखि शनिबारसम्म बुस्टर डोज खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालयका ललितपुरका जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा भने अन्य पालिका अभियान सुरु भएको एकदिन पछि अर्थात शुक्रबारदेखि आइतबारसम्म खोप अभियान सुरु हुँदैछ । महांकालमा नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी १०, ११ र १२ गते बुस्टर डोज कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए । खोप अभियानका लागि सबै तयारी पूरा भएको जनस्वास्थ्य प्रशासक बिष्टले जानकारी दिएका छन् । 
खोप अभियानका बारेमा आज ललितपुरका सञ्चारकर्मीसँगको अन्तरसम्बादमा जनस्वास्थ्य प्रशासक बिष्टले पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका ५५ वर्ष माथिका सबै नागरिक, सबै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका बिरामीलाई लक्षित गरी बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको बताए । जिल्लामा प्रचारात्मक रुपमा लगाइने खोप कार्यक्रम प्रभावकारी भएपछि थप खोप माग गर्छाैँ, खोपका लागि सबै स्थानीय सरकार तयार रहेको, जोखिममा परेका समूह पहिचान गरेर बुस्टर दोस्रो मात्रा दिन लागिएको हो,’ विस्टले थपे ।

336358954_739351294568671_1455051292072539313_n1679394691.jpg
बुस्टर डोजका लागि नेपालमा आएको १५ लाख फाइजर–बायोएनटेक (बायो–भ्यालेन्ट एडल्ट) खोप उपलब्ध छ । त्योमध्ये ललितपुर जिल्लाले ३१ हजार डोज पाएको छ । बुस्टर डोज खोप अभियानका लागि ललिपतुर महानगरपालिकालाई १५ हजार, महालक्ष्मी नगरपालिकालाई ५७२४, गोदावरी नगरपालिकालाई ३१८८, महाँकाल गाउँपालिकालाई ४९०, कोञ्जोसोम गाउँपालिकालाई ७४९, बागमती गाउँपालिकालाई ८८६ मात्रा उपलव्ध गराइने छ । 
प्रयोग गर्न तयारी अवस्थाको फाइजर–बायोएनटेक (बायो–भ्यालेन्ट एडल्ट) खोप उपलब्ध छ । ग्रे क्यापमा उपलव्ध यो खोपका लागि घोलक हाल्नु नपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । ६ मात्राको भाएल रहेको छ यो खोप २ देखि ८ डिग्री सेल्सियसको कोल्ड चेनमा राखिएको छ । अल्ट्रा कोल्डचेनबाट निकालेपछि यो खोप ७० दिन भित्र प्रयोग गर्न सकिने छ । पहिलो र दोस्रो बुष्टरको लागि मात्र प्रयोग गरिने यो खोप मासुमा ०।३ एम।एलका दरले दिइने छ ।  
जनस्वास्थ्य कार्यालयले यो खोप अभियानपछि पनि जिल्ला भित्र तोकिएका खोप केन्द्रबाट नियमित रुपमा कोभिड बिरुद्धको खोप उपलव्ध गराउने लक्ष्य लिएको छ । यस्तै कार्यालयले नियमित खोप सेवासंगै कोभिड(१९ बिरुद्धको पनि खोप दिने लक्ष्य लिएको छ ।
पछिल्लो समय कोभिड–१९ लाई सामान्य रूपमा लिने गरिँदा कोभिड विरूद्धको खोपको महत्व र माग घट्दै गएको स्वास्थ्य कार्यालयको बुझाइ छ । बुस्टर मात्राको बारे खासै चासो नदेखिएकाले लगाउने दर पनि न्यून हुँदै जाँदा सरोकारवालाको सहभागिता र परिचालनमा कमि हुदै गएको तथ्याङ्कले देखाएका छन् । खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी हो भन्ने धारणा रहनु, अभिलेख तथा प्रतिवेदन समयमा र पूर्ण नहँदा  खोप खेर जाने जोखिम बढेको छ ।

336254937_517649530524765_2269098300985553547_n1679394690.jpg 
स्वास्थ्य कार्यालय ललितपुरले कोभिड खोप कार्यक्रम प्रभावकारी बनाउन १२ वर्ष  माथिका सबै जनसंख्या पहिलो श्रृङखलाको पहिलो र दोश्रो मात्रा खोप पूरा गर्ने आगामी कार्यनीति र योजना बनाएको छ । 
यस्तै कोभिड(१९ विरुद्धको पहिलो शृंखलाको पूर्ण मात्रा लगाएको ३ महिना पूरा भएका १२ वर्ष माथिका सबैलाई बुस्टर मात्रा दिने, पहिलो  बूस्टर लगाएर ६ महिना पुरा भएका ५५ वर्ष माथिका सबै नागरिक, सबै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरी रहेका बिरामीलाई मागका आधारमा खोप आपूर्ती तथा वितरण गर्ने लक्ष्य लिइएको छ ।  
कोभिड–१९ संक्रमण रोकथामका लागि नेपालले आफ्ना नागरिकलाई कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल–साइनोफाम, जेन्सन, मोडर्ना, फाइजर बायोएनटेक, पेडीयाट्रिक फाइजर जस्ता खोप उपलव्ध गराएको थियो । 
कोभिड–१९ संक्रमण रोकथामका लागि १२ वर्ष माथिका मध्ये ८८.४ प्रतिशतले पहिलो मात्रा, ९०.१ प्रतिशतले दोस्रो मात्रा, बुस्टर डोज ३८.६ प्रतिशत तथा दोस्रो बुस्टर डोज ०.३ प्रतिशतले लगाएका छन् । यस्तै ५ देखि ११ वर्ष उमेर समूहका ९३.८ प्रतिशतले पहलो मात्रा, ८४.५ प्रतिशतले दोस्रो पूर्ण मात्रा लगाएका छन् । ५ वर्ष माथिको प्रगति आकलन गर्दा ८२.६ प्रतिशतले पहिलो मात्रा लगाएका छन, यस्तै ८२.८ प्रतिशतले दोस्रो पूर्ण मात्रा खोप लगाएका छन भने ३०.८ प्रतिशतले पहिलो बुस्टर एवम् ०.२ प्रतिशतले दोस्रो बुस्टर डोज खोप लगाएका छन् । १२ वर्ष माथिका २,०६,२७,७३३ ले खोपको पहिलो मात्रा लगाएका छन् । यो उक्त समूहको कुल जनसंख्याको ८४.४ प्रतिशत हो भने कुल जनसंख्याको ७०.४ प्रतिशत हो । पूर्ण मात्रा २,१०,३५,४५७ जनाले पूर्ण मात्रा लगाउँदा ९०.१ प्रतिशत हुन गएको छ । यो कुल जनसंख्याको ७१.८ प्रतिशत हो । यस्तै पहिलो बुस्टर डोज लगाउनको संख्या ९०,२१,०७५ पुगेको छ । यो ३८.६ प्रतिशत हो भने कुल जनसंख्याको ३०.८ प्रतिशत हुन आउँछ । पूर्ण खोप लगाएका मध्ये पहिलो बुस्टर लगाउन बाँकी जनसंख्या १,२०,१४,३८४ रहेको छ । यो संख्या खुल जनसंख्याको ५७.१ प्रतिशत हो ।   

336225455_191083823633773_6174637754031755301_n1679394794.jpg
ललितपुर जिल्लाको हकमा कोभिड–१९ संक्रमण रोकथामका लागि १२ वर्ष माथिका ६,१८,७३२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यो उक्त समूहको कुल जनसंख्याको १२३ प्रतिशत हो भने कुल जनसंख्याको १०६ प्रतिशत हुन आउँछ । पूर्ण मात्रा ५,०२,०९२ जनाले पूर्ण मात्रा लगाउँदा ११४ प्रतिशत हुन गएको छ । यो कुल जनसंख्याको ९७ प्रतिशत हो । यस्तै पहिलो बुस्टर डोज लगाउनको संख्या १,७०,६९० पुगेको छ । यो ३८ प्रतिशत हो भने कुल जनसंख्याको ३४ प्रतिशत हुन आउँछ । पूर्ण खोप लगाएका मध्ये पहिलो बुस्टर लगाउन बाँकी जनसंख्या ३,३१,४०२ रहेको छ । यो संख्या खुल जनसंख्याको ६६ प्रतिशत हो ।   
हालसम्म ललितपुर जिल्लामा पीसीआर र एन्टीजेन परीक्षण ९,८०,२४२ गरिएकोमा ६६,००२ संक्रमित फेला परेका थिए । ती मध्ये ६५,४१४ निको भएका छन् । कोभिडका कारणले ५८८ जनाको मृत्यु भएको थियो । पछिल्लो समय संक्रमणको दर घट्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउन जिल्लामा १,४७० जनामा संक्रमण फेला परेका थिए । संक्रमित मध्ये ७३८ पुरुष थिए भने ७३२ महिला, भदौमा ४८९ फेला परेका मध्ये पुरुष २३२ जना तथा २७७ जना महिला थिए । असोजमा ७८ जना संक्रमित पुष्टि भएकामो ३१ जना पुरुष तथा २७ जना महिला थिए । यस्तै कात्तिक महिनामा १९ जनामा संक्रमण पुष्टि हुँदा ८ जना पुरुष थिए भने ११ जना महिला थिए । मंसिरमा ३ जनामा  संक्रमण पुष्टि हुँदा २ जना पुरुष तथा एक महिला पीडित भएका थिए । यस्तै पुस महिनामा ७ जना संक्रमित फेला पर्दा ५ जना पुरुष थिए भने २ जना महिला थिए । यस्तै माघ महिनामा १ जना पुरुपमा मात्रै संक्रमण पुष्टि भएको थियो । अघिल्लो महिला फागुनमा ५ जना संक्रमित पुष्टि भएको थियो । २ पुरुष ३ जना महिलामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार