Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

काठमाडौं–६ का सांसद शिशिर खनाल कक्षाकोठामा 

मंगलबार, साउन २७, २०८२

झोर ( काठमाडौं) । काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य सांसद शिशिर खनालले विद्यार्थीसँगको अन्तरक्रिया सुरुवात गरेका छन् । निर्वाचन जिते लगत्तै आफ्नो निर्वाचन क्षेत्रका विद्यालयमा गएर विद्यार्थीसँग अन्तरक्रिया गर्ने बाचा अनुसार हिजो विद्यार्थीसँग अन्तरक्रिया गरेको सांसद खनालले जानकारी दिएका छन् । ‘सामाजिक शिक्षाको पाठ्यक्रममा ‘नागरिक सचेतना’ खण्डमा संविधान निर्माणको अभ्यास, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको भूमिका, निर्वाचन प्रणाली, संघीय सरकारको गठन र कार्यक्षेत्र  जस्ता विषयहरू समावेश गरिएको छ’, सोही विषयमा विद्यार्थीसँग अन्तरक्रियाका लागि आफू कक्षाकोठामा गएको उनले बताए । उनले हिजो झोर महांकाल माध्यमिक विद्यालयका कक्षा ९ र १० का  विद्यार्थीसँग अन्तरक्रिया गरेका हुन् । राज्य सञ्चालन प्रणाली, संघीय सरकार, स्थानीय सरकारसहित नेपालको संसद‌्, स्थानीय सरकार सञ्चालनका अभ्यास सम्बन्धमा ज्ञान दिने तथा पाठ्यक्रमले समेटेको विषयवस्तुलाई जीवन्त बनाउने उद्देश्यका साथ विद्यार्थीसँग एक घण्टा लामो अन्तरक्रिया गरेको सांसद खनालले बताए ।  कक्षाकोठामा आफूले दिएको प्रस्तुतिपछि विद्यार्थीहरूले नेपालको राज्य सञ्चालन प्रणालीबारे स्पष्ट रुपमा बुझेको प्रतिक्रिया दिएको सांसद खनालले जानकारी दिए ।

lo-1-1754968452.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार