Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ

सोमबार, भदौ २, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आएको बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित ‘लिपेमा फुल्ने लालीगुराँस फुल’ को वृत्तचित्र प्रदर्शन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरु पूरा नभएको बताए ।  उनले भने, ‘नेपालमा पैसा नै उठ्दैँन् यति धेरै, राजस्व उठ्दैँन्, पैसा खर्च हुदैँन् । मन्त्री फेरि रहेका हुन्छन् । ७९ को चुनावपछि १३ महिना सरकार चलेको यो पहिलो पटक मात्र हो, चौथो पटकमा, एउटा सरकार ६२ दिनमा गयो, अर्को सरकार ६ महिनामा, त्यसपछिको ६ महिनामा गयो डेढ वर्षमा तीन वटा सरकार फेरियो । यसले गर्दा नयाँ मन्त्री आएपछि पुरानो योजनामा भएको पैसा त्यसै छोड्ने, फेरि नयाँ योजनामा पनि पैसा हाल्ने । योजना टोलैपिछे, गाँउ पिछे राख्ने पूरा कुनै पनि नगर्ने, १०, १५ वर्ष भईसक्यो सक्या हुदैँन् ।’  यस्तै, उनले संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेर ल्याएको अधिकार पनि सदुपयोग नगरेको भन्दै दुख पनि व्यक्त गरेका छन् ।  उनले भने, ‘अहिले हामी ठूलो चापोमा छौ । उद्योग थियो अहिले उद्योग नै गरेको छैन् । व्यापारमा गयो त्यहाँ पनि राम्रो मान्छे छैन् । राजनीतिमा गयो त्यहाँ थोरै थोरै छ, अहिले गुरुङहरु कहा छ त, त्यती धेरै लडाई गरेर संविधान ल्यायौं संविधानमा आदिवासिहरुको अधिकार भएन भने आन्दोलन गरेका थियौं । निजामतिमा हाम्रो लागि कोटा निर्धारण भएको छ । त्यहाँ पनि हाम्रो मान्छे जाँदैनन् । अहिले समय प्रतिस्पर्धाको आयो ।’

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार