बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

सोमबार, भदौ २, २०८२
Global Ime Bank

जनकपुर । विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा आपूm रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् । सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँदै बार एशोसिएसनले रोक टोक गर्न नहुने बताए । मेयर साहले वार्ता र संवादबाट समाधान खोज्नुका साथै दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै दुबै पक्षलाई संयमित हुन आग्रह गरे ।
भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारी, नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी, प्रेस चौतारीका पदाधिकारी,प्रेस युनियनका पदाधिकारीलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार