लुम्बिनी प्रदेशसभाका सदस्य अमर डाँगीले दिए राजीनामा

बुधबार, वैशाख २२, २०७८

रुपन्देही । लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । डाँगी दाङ २ (ख)मा  नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन् । राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार