सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणलाई निरुत्साहन गर्ने तथा संवैधानिक परिषद्मा नियुक्तिमा सहज ल्याउनेसहितका सात अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्का सिफारिशमा राष्ट्रपतिले ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जारी भएका अध्यादेशमा संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ छन् । संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।