काठमाडाैँ उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा 

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा बिहान मात्रै पसल खोल्न पाइने । बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि प्रमुख जिल्ला अधिकारीले गरेका छन् । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरी सञ्चालन अनुमति दिइने छ । शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न पाउने छन् । बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन मात्रै चलाउन पाउनेछन् । प्रशासनले यसअघि जारी गरेका सबै प्रकारका पास खारेज गरेको छ । फुटपाथ, साइकल र ठेलागाडा सञ्चालन गर्न पाइने छैन ।  अत्यावश्यक हिँडडुल गर्नेलाई होल्डिङ सेन्टरमा राखिने तथा मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार