सोसल मिडिया
Contact Us
युनिकोड
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मन्त्रिमण्डल पुनःविस्तार गरेका छन् । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि मुख्यमन्त्री पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा(एमाले)का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।