महाशिवरात्रिमा पशुपतिनाथमा २० लाख भक्तजनलाई प्रत्यक्ष दर्शनको व्यवस्था

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । तीमध्ये २० लाख दर्शनार्थीले प्रत्यक्ष दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषको आकलन छ ।  गत वर्ष २० लाख भक्तजन आएका मध्ये १४ लाख भक्तजन मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ८० लाख बजेट विनियोजन गरेको छ ।  शिवरात्रिका  लागि कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ । आजदेखि फूल र बत्तीले पशुपति क्षेत्रलाई सजाइने छ । महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ ।  फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार