प्रतिनिधि सभाको बैठक बस्दै

बुधबार, फागुन ३, २०७९

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्भावित तीन कार्यसूची छन् ।
बैठकमा कानुन मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ती शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गर्ने छन् । त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
यसैगरी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार