उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएपछि प्रचण्ड-ओलीबीच भेट

बिहीबार, माघ २६, २०७९

काठमाडौं । बिहीबारका लागि तय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा संयन्त्रका संयोजक एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । बिहीबार स्थगित भएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । प्रचण्ड–ओलीबीच बुधबार भएको भेटले बिहीबार अपरान्हका लागि संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो । बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज सिंहदरबारमा भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार