रास्वपाका मन्त्रीको राजीनामापछि दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै 

सोमबार, माघ २३, २०७९

काठमाडौँ । राजनीतिक उतारचढावका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो । रास्वपाका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार