सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेकोपछिको अवस्थालगायतका विषयमा छलफल हुने बताइएको छ ।